फाइल तस्वीर: हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) का प्रमुख कार्यकारी अधिकृत जोन ली ।

बेइजिङ — चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) का प्रमुख कार्यकारी अधिकृत जोन ली व्यस्त समय तालिकाको समस्याका कारण एशिया–प्रशान्त महासागरीय आर्थिक सहयोग (एपेक) बैठकको लागि फ्रान्सिस्का भ्रमण नगर्नुहुने भएको हङकङले जानकारी गराएको छ ।

लीको सट्टामा हङकङ सरकारका आर्थिक सचिव पल चानलाई एपेकको आर्थिक नेताहरूको बैठकमा भाग लिनका लागि सिफारिस गरिएको छ ।

हङकङ सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नोभेम्बर १५ देखि १७ सम्म सान फ्रान्सिस्कोमा आयोजना हुने ‘एपेकको आर्थिक नेताहरूको बैठक’ को आयोजकबाट परम्परागत अभ्यासअनुसार हङकङलाई निमन्त्रणा प्राप्त भएको छ तर समय तालिकाको समस्याका कारण व्यक्तिगत रूपमा ली उपस्थित हुनुहुने छैन । यसको सट्टा, चानले लीको तर्फबाट हङकङको प्रतिनिधिको रूपमा भाग लिनुहुनेछ ।”

यसबारे एक प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा यस वर्षको नोभेम्बर १५ देखि १७ सम्म अमेरिकाको सान फ्रान्सिस्कोमा हुने एपेक बैठकमा लीलाई अमेरिकी पक्षबाट बैठकमा भाग लिन निमन्त्रणा प्राप्त भएको तर समय व्यस्थताका कारण उहाँले सहभागिता जनाउनुहुने छैन । रासस/सिन्ह्वा