संयुक्त राष्ट्रसङ्घ — विश्व सहर दिवस मनाउने क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले मङ्गलबार दिगो विकास, आर्थिक वुद्धि तथा नव प्रवर्तनको प्रवर्द्धनमा सहरहरूको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

“विश्व सहर दिवस दिगो विकासमा सहरहरूको महत्वपूर्ण भूमिकामाथि विचार गर्ने समय हो”, सहर आर्थिक महाशक्ति मात्र नभएर विश्वव्यापी आवश्यकता पूरा गर्ने अग्रणी क्षेत्र पनि रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो । 

महासचिव गुटेर्रेसले सहरहरूले जलवायु परिवर्तनदेखि लिएर बढ्दो सामाजिक असमानता र राजनीतिक विभाजनजस्ता जटिल चुनौतीहरूको सामना गर्नुपरिरहेको बताउनुभयो । 

हाल विश्वको आधाभन्दा धेरै जनसङ्ख्याले पहिलादेखि नै सहरी जीवनलाई अपनाइसकेका छन् । संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमको अनुमानअनुसार सन् २०५० सम्म करिब ७० प्रतिशत मानिस सहरमा बस्नेछन् ।