काठमाडौँ– नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै भारतीय आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको मूल्य घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको जनाएको हो ।

निगमले गएराति १२ बजेदेखि लागू हुने गरी घटेको मूल्य लागू हुने बताएको छ । अब काठमाडौँ उपत्यकामा डिजेल र मट्टितेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

आईओसीबाट पेट्रोल र खाना पकाउने ग्यासको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खाना पकाउने ग्यासको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।