इस्लामावाद — पाकिस्तानले अनुमानित १७ लाख अफगानीसहित अवैधरूपमा देशमा रहेका आप्रवासीहरूका लागि निर्वासन केन्द्र स्थापना गरिरहेको छ । “आगामी बुधबारदेखि अनुमतिबिना देशमा बसोबास गरेका जो कोहीलाई पक्राउ गरी कुनै एक केन्द्रमा पठाइने छ”, अधिकारीहरूले बिहीबार बताएका छन् ।

  पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा तीनवटा तथा प्रान्तीय राजधानी क्वेटामा एउटा निर्वासन केन्द्र निर्माण गरिरहेको  सरकारका प्रवक्ता जान आचकजाइले जानाकारी दिनुभयो । 

 उत्तर पश्चिम पास्तिानको खैबर पख्तनख्वा प्रान्तमा तीनवटा निर्वासन केन्द्र रहने कार्यवाहक मुख्मन्त्री आजम खानले बताउनुभएको छ । कारवाही सुरु भएको घोषण भएयता ६० हजारभन्दा बढी अफगानीहरू घर फर्किसकेको खानले जानकारी दिनुभयो । पक्राउबाट जोगिन मङ्गलबारसम्ममा गैरकानूनी आप्रवासीले आवास छोडिसक्नु पर्नेछ । 

 तोकिएको समय सीमा नबढाइने कार्यवाहक आन्तरिकमन्त्री सरफराज बुग्तीले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका आप्रवासीले निर्वासन नभएसम्म खाना तथा चिकित्सा सुविधा समेत पाउने छन् । उनीहरूलाई कम्तीमा एक सय ८० अमेरिकी डलरसम्म बाहिर लग्न दिइएको समेत उहाँले बताउनुभयो । उहाँका अनुसार नोभेम्बरभन्दा पछि पनि आप्रवासीहरूले आश्रय लिइरहेको पाइएमा कारवाही गरिने छ ।  रासस