बेइजिङ — चिनियाँ प्रधानमन्त्री ली छ्याङ र जापानी प्रधानमन्त्री फुमियो किशिदाले सोमबार चीन र जापानबीच शान्ति तथा मित्रता सन्धिमा हस्ताक्षर भएको ४५ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना आदानप्रदान गर्नुभएको छ ।


आफ्नो सन्देशमा लीले सन्धिको भावनालाई पुनरुत्थान गर्न, द्विपक्षीय सम्बन्धलाई थप अघि बढाउन र नयाँ युगको आवश्यकता अनुरूप चीन–जापान सम्बन्ध निर्माण गर्न चीन जापानसँग काम गर्न इच्छुक रहेको बताउनुभएको छ । रासस