साङ्केतिक फाइल तस्वीर


पाल्पा — रानीमहल दरबारनजिक जिप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । दुर्घटनामा परी पाल्पा जिल्लास्थित रानीमहल दरबारनजिकैको बैकुण्ठे भीरबाट बागमती प्रदेशको ७२०९ नम्बरको जिप खोलामा खस्दा छ जनाको घटनास्थलमै मृत्युभएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएअनुसार उक्त दुर्घटनामा परी गुमाउनेमध्ये एक पुरुष सहित तीन जना महिला, दुई जना बालक रहेका छन् । नवलपुर स्थायी घर भएका जिप चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

सडकबाट जिप खसेको स्थानमा पुग्न ठूलो भिर र पहाड भएकाले उद्दारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख हेरम्व शर्माले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । दुर्घटनास्थलमा अस्थाई प्रहरी चौकी रानीघाट र जिल्लाबाट गएको जनपथ प्रहरी, शसस्त्र र नेपाली सेनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।