फाइल तस्वीरः पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफ ।

इस्लामावाद — निर्वासन जीवनमा रहनुभएका पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफ स्वदेश फर्किनुभएको छ । मुस्लिम लिग एनका नेता समेत रहनुभएका पूर्वप्रधानमन्त्री शरीफ शरिफ चार वर्षको निर्वासनपछि आज शनिबार पाकिस्तान पुग्नुभएको हो ।

इस्लामाबाद अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका पूर्वप्रधानमन्त्री शरिफ उक्त विमानस्थलमा उत्रिएपछि सिधै लाहोर जानुहुने र त्यहाँ एक सभालाई सम्बोधन गर्नुहुने बताइएको छ । सन् २०१७ जुलाईमा पाकिस्तानको सर्वोच्च अदालतले पानामा पेपर्स प्रकरणको मुद्दामा पूर्वप्रधानमन्त्री शरिफलाई दोषी ठहर गरेको थियो । उक्त प्रकरणपछि शरिफले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । पूर्वप्रधानमन्त्री शरिफ माथि भ्रष्टाचारको मुद्दासमेत लागेको थियो ।

भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा छ वर्ष अघि भएको फैसलामा शरिफलाई १० र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो । तर फैसला सुनाउने अघि श्रीमतीको उपचारका लागि शरिफ परिवारसहित बेलायतमा थिए ।