धादिङ — छैटौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि एड्भेन्चर प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ए टिम प्रथम भएको छ । धादिङस्थित ६ नं वैरेनी ब्यारेकमा ६ दशमलव ५ किलोमिटर दौड, २६ किलोमिटर साइकलिङ र ११ किलोमिटर ¥याफ्टिङ प्रतियोगिता भएको थियो ।

उक्त खेलको तीन वटा चरण (दौड, साइकलिङ र ¥याफ्टिङ) पार गर्दै त्रिभुवन आर्मी क्लब ए टिम विजय भएको हो । त्यस्तै त्रिभुवन आर्मी क्लब बि टिम दोस्रो भएको छ । तेस्रोमा इन्डियन आर्मी ए टिम रहेको छ । त्यस्तै इन्डियन आर्मी बि टिम चौथो भएको छ भने एमटिबी स्टार पाँचौँ भएको छ । 

महिलातर्फ नेपाल आर्मी महिला टिम पहिलो भएको छ । यूनाइटेड फिक्कल एमटिबि स्क्वार्ड दोस्रो र डुल्वा केटीस तेस्रो भएको छ । प्रतियोगितामा २१ टिमका ८४ खेलाडीको सहभागिता थियो । 

पुरुषतर्फको प्रतियोगितामा प्रथम हुनेले एक लाख पचास हजार, दोस्रोले एक लाख, तेस्रोले ७५ हजार, चौथोले २५ हजार र पाँचौंले १५ हजार पुरस्कार प्राप्त गरेका छन् । महिलातर्फ पहिलो हुनेले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले ३० हजार प्राप्त गरेका छन् ।