विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रदेश सभामा राखेको प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८६ मत र विपक्षमा ६ मत खसेको हो । ९३ सदस्यीय कोशी प्रदेश सभामा विश्वासको मतको प्रस्तावको विपक्षमा राप्रपाको ६ मत परेको हो ।

विश्वासको मत दिनेहरुमा नेकपा एमालेका ३९, नेपाली काङ्ग्रेसका २९, नेकपा माओवादीका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ सांसद छन् । सभामुख सृजना दनुवारले मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत छ भनि प्रदेश सभामा राखेको प्रस्तावमा मत विभाजन हुँदा ९३ सदस्यीय कोशी प्रदेश सभाको उपस्थित सङ्ख्या ९१ रहेको र विश्वासको मतको पक्षमा ८६ मत प्राप्त भएको घोषणा गर्नुभयो ।
सत्ता गठबन्धनबाट विद्रोह गरेर मुख्यमन्त्री बन्नुभएका कार्कीलार्ई राप्रपाबाहेक सबैले दिए विश्वासको मत । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तपछि प्राप्त विश्वासको मत संख्या यो नै सबैभन्दा धेरै हो ।