मोरङ — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने हुनुभएको छ । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री हुनुभएका कार्कीले आज विश्वासको मत लिन लाग्नुभएको हो ।

गठबन्धन भन्दा बाहिर रहेको एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो । जसका लागि आज अपरान्ह प्रदेशसभामा बैठक आह्वान गरिएको छ ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको एक हप्ता नबित्दै मुख्यमन्त्री पदका लागि विश्वासको मत लिंदै हुनुहुन्छ । उहाँलाई एमाले, नेपाली काङ्ग्रेससहित नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि विश्वासको मत दिने भएका छन् ।