ह्युस्टन — टेक्सासको डलासमा चलिरहेको मेलामा शनिबार राति भएको गोलीकाण्डमा तीन जना घाइते भएका छन् । स्थानीय समय अनुसार बेलुका ८ नबज्दै खाद्य परिकार स्थल नजिकै भएको गोलीकाण्डमा शङ्कास्पद देखिएका एक व्यक्तिलाई हिरासतमा राखिएको अन्तराष्ट्रिय समाचार संस्थानले जनाएको छ ।


अधिकारीहरूले गोली चलेको खबर पाए लगत्तै सो पार्क खाली गर्न घटनास्थलमा पुगेका थिए।


एक व्यक्तिले अर्का व्यक्तिलाई गोली हानेर तीन जना घाइते बनाएको प्रारम्भिक अनुसन्धानले देखाएको डलास प्रहरीले जनाएको छ । घटनाको छानबिन भइरहेको छ ।