फाइल तस्वीर

कर्णाली — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सुर्खेत जिल्ला अध्यक्ष जीतवहादुर रानाको संयोजकत्वमा समाजवादी मोर्चा गठन गरिएको छ । उक्त मोर्चाको सदस्यमा नेकपा (माओवादी केन्द्र)बाट टोपबहादुर दर्लामी, नेकपा (एकीकृत समाजवादी)बाट टोपबहादुर रास्कोटी, खड्क केसी, नेकपाका जीत सी, योजना सी र जसपाका तर्फबाट दीप नेपाली र गङ्गा देवकोटा सदस्य रहनुभएको छ ।


कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का जिल्ला सह–इञ्चार्ज कुलदीप भट्टले समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीबीच एकता जरुरी रहकाले त्यसका लागि मोर्चा गठन गरिएको बताउनुभयो ।
नेकपाका नेता भरत सीले सुशासन, शान्ति र समृद्धिका लागि समाजवाद अपरिहार्य भएको धारणा व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र नागरिक अधिकारको सुरक्षार्थ एक हुनाको विकल्प नरहेकामा जोड दिनुभयो ।