विराटनगर — कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । आज आइतबार दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणको तयारी गरिएको हो । शपथ ग्रहणपछि आजै मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र काङ्ग्रेसका शमसेर राईलाई मन्त्री नियुक्त गर्ने र मन्त्रीले पनि आजै शपथ लिने तयारी गर्नुभएको छ ।

नेकपा एमालेको समर्थनमा हिजो शनिबार मुख्यमन्त्री बन्नुभएका कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गर्ने गर्ने तयारी गर्नुभएको छ । पार्टी र गठबन्धनको निर्णयमा असन्तुष्टि जनाउँदै एमालेसँग मिलेर मुख्यमन्त्री नियुक्त भए पनि असन्तुष्ट समूहका नेता डा. शेखर कोइरालाले गठबन्धनलाई अझ मजबुत बनाउने भन्दै नयाँ सहमति गरेपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा काठमाडौँमा छलफल जारी रहेको बताइएको छ ।