फाइल तस्वीर
कोलेम्बो — श्रीलङ्कामा भारी वर्षाका कारण विभिन्न १३ जिल्लामा गरी ७१ हजारभन्दा बढी मानिसहरू प्रभावित भएको विपत ब्यवस्थापन केन्द्रले जनाएको छ । बाढीपहिरोका कारण तीन जनाको मृत्यु भएको समेत केन्द्रले जनाएको छ । दक्षिण पश्चिममा बढ्दो मनसुनको सक्रियताका कारण भारी वर्षा भएको केन्द्रले जनाएको छ ।

राष्ट्रिय भवन अनुसन्धान सङ्गठनका अनुसार वर्षाका कारण पहिरो जानसक्ने चेतावनीसम्बन्धी सूचनाको म्याद थप गरिएको छ । यसैबीच, आगामी ४८ घण्टामा पश्चिमी र दक्षिणी प्रदेशमा वर्षाको सम्भावना कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।