नयाँदिल्ली — भारतको दक्षिणी राज्य कर्नाटकस्थित पटका पसलमा आगलागी हुदाँ कम्तीमा १४ जनाको मृत्यु भएको छ । आज आइतबार भएको उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएको स्थानीय प्रहरीले जनाएको हो ।

कर्नाटक राज्यको राजधानी बेङ्गलोरको एटिबेल क्षेत्रमा आगलागी भएको र घाइतेलाई उपचारको लागी स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अधिकांश पसलका कर्मचारी रहेकोसमेत प्रहरीले जानकारी गराएको छ ।

पसल मालिक तथा जग्गा मालिकलाई आगो सुरक्षा मापदण्ड पूरा नगरेको आरोप लागेको छ ।