इजराइल — गाजा पट्टीबाट इजराइलतर्फ हमासले गरेको रकेट हमलामा परी मर्ने सङ्ख्या चार पुगेको छ । अन्तराष्ट्रिय समाचार संस्था टाइम्स अफ इजराइलका अनुसार गाजा पट्टीबाट रकेट हमला गरेपछि हमासका लडाकुहरूले इजराइलमा घुसपैठ गरेका छन् ।

कुसेफीका मेयर अब्द अल–अजिज नासाराले गाजाबाट रकेट हमलाको वर्षा हुँदा धेरै घाइते भएको भन्दै चार जनाको मृत्यु भएको पुष्टि गर्नुभयो । दक्षिणी इजराइलको बेडोइन सहर कुसेफी गाजा पट्टीबाट करिब ६५ किलोमिटरको दूरीमा छ । 

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार यसअघि रकेट आक्रमणमा एक महिलाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको थियो ।