विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले राजीनामा दिने हुनुभएको छ । मुख्यमन्त्री कार्कीले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने जनाइएको छ ।


मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज बसेको प्रदेशसभा बैठकअघि बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।


मुख्यमन्त्री कार्कीले आजै विश्वासको मत लिने समय तोकिएको थियो । तर विश्वासको मत प्राप्त हुने अवस्था नदेखेपछि संविधानको धारा १६३ (३) अन्तर्गत बनेको सरकारले विश्वासको मत नपाए पुनः १६८ (५) अन्तर्गत बन्ने सरकारको मुख्यमन्त्री दाबी गर्न नपाउने सुझाव लिएर उहाँले राजीनामा दिन लाग्नुभएको हो ।