फाइल तस्वीर
कोलम्बो — श्रीलङ्कामा शुक्रबार बिहान गुडिरहेको बसमाथि रुख खस्दा पाँच जनाको मृत्यु भएको कोलम्बो नेसनल अस्पतालले बताएका छन् । प्रहरीका अनुसार कोलम्बोबाट दक्षिणी श्रलङ्काको देनियायातर्फ जाँदै गरेको बसमाथि रुख खसेको हो ।

दुर्घटनामा घाइते १७ जनाको कोलम्बो नेसनल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनापछि कोलम्बोको व्यस्त सडकमध्येको एक डुप्लिकेसन सडकलाई हाल बन्द गरिएको छ । क्षतिग्रस्त बस र ढलेको रुखलाई सडकबाट हठाउने काम भइरहेकाले सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ ।