काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाख दोस्रो साता नै सञ्चालन गर्ने भएको छ । बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को वैशाख दोस्रो हप्तादेखि सञ्चालन गर्ने जनाएको हो ।

बोर्डले सार्वजनिक गरेको कार्यतालिका अनुसार परीक्षाको नतिजा प्रकाशित भएको डेढ महिना भित्रमा पूरक परीक्षा गरिने उल्लेख छ । यस्तै पूरक परीक्षाको नतिजा भने २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डको योजना रहेको तालिकामा उल्लेख गरिएको छ । कक्षा १२ को परीक्षा फाराम पुस १ गतेबाट खुला गरी माघ १५ गतेभित्र भरेर अनलाइनमार्फत बुझाइसक्नुपर्ने कार्यतालिका रहेको छ ।

यसैगरी राष्ट्रिय परीक्षा बोर्डले यस शैक्षिक सत्रको कक्षा ११ को परीक्षा विद्यालयहरूले २०८१ को जेठ महिनाको पहिलो साता गर्नुपर्ने जनाएको छ । बोर्डले कक्षा ११ को रजिस्ट्रेसन फाराम पुस १५ गतेबाट खुला गरेर माघ १५ गतेसम्म भर्नुपर्र्नेे समयावधि रहेको जनाएको छ ।

1
2