फाइल तस्वीर
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीको अध्यक्षमा गुलाबजङ्ग शाह विजयको सङ्घारमा पुग्नुभएको छ । जारी मतगणनाको प्राप्त विवरण अनुसार अध्यक्षका प्रत्यासी शाह आफ्ना प्रतिस्पर्धी मीनबहादुर शाहीझण्डै दोब्बर मतले अगाडि रहनुभएकोले उहाँ अध्यक्षमा निर्वाचित हुने निश्चित देखिएको हो ।

यो समाचार तयार पार्दासम्म करिब ६५ मतमात्र गन्न बाँकी रहेको निर्वाचन कमिटीले जनाएको छ । आधिकारिक नतिजा अहिले केहीबेरमा सार्वजनिक हुने बताइएको छ ।

एमाले प्रदेश कमिटीको पहिलो अधिवेशन असोज १० गते बुधबारदेखि सुरुभएको थियो । पूर्वप्रधानमन्त्री एवम् एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

एमालेको जारी प्रदेश कमिटीहरुको अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न केन्द्रीय नेतृत्वले दिएको निर्देशनलाई कुनै पनि प्रदेश कमिटीको अधिवेशनमा लागू हुन सकेन । सबै प्रदेश कमिटीहरुमा निर्वाचन प्रक्रियाबाट प्रदेश कमिटीको नेतृत्व चयन भएका र हुनेक्रम जारी छ ।

कोशी प्रदेशमा पनि आगामी नेतृत्वका लागि भएको निर्वाचनको मण गणना भैरहेको छ ।