किएभ — युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले युरोपेली युनियनका विदेशमन्त्रीहरूको राजधानी किएभमा आज सोमबार सुरु भएको पहिलो बैठकलाई स्वागत गर्नुभएको छ । उक्त बैठकलाई उहाँले युरोपेली युनियनको ‘भविष्यको सीमा’ भनी सङ्ज्ञा दिनुभएको छ ।

“वर्तमानमा पहिलो पटक युरोपेली युनियनको सीमाबाहिर युरोपेली युनियनका विदेश मामिला परिषद्को बस्न गइरहेको यो बैठक ऐतिहासिक घटना हो तर भविष्यमा यो बैठक युरोपेली युनियनको सिमानाभित्र बस्न गइरहेको छ”, युरोपेली युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलका छेउमा उभिरहेका पत्रकारहरूलाई उहाँले भन्नुभयो ।