फाइल तस्वीर
मेक्सिको — उत्तरी मेक्सिकोको तामाउलिपास राज्यमा आइतबार एक गिर्जाघरको छाना भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । तामाउलिपास राज्यका सार्वजनिक सुरक्षा प्रवक्ता जर्ज कुएलरले कम्तीमा सात जानको मृत्यु भएको पुष्टि गर्नुभयो ।

उहाँका अनुसार भग्नावशेषबाट हालसम्म १० जनाको उद्धार गरिसकिएको छ । उद्धारकार्य जारी छ । मदेरो शहरको सान्ता क्रुज गिर्जाघर भत्किनुको कारण संरचनागत कमजोरी हुन सक्ने कुएलरले बताउनुभयो ।

तामाउलिपासका गभर्नर अमेरिको भिल्लारियलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।