फाइल तस्वीर
काठमाडौँ — उन्नाइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले भारतसित खेल्ने भएको छ । नेपालले टि–२० क्रिकेटमा पहिलो पटक भारतसित खेल्न लागेको हो ।

क्वाटरफाइनलमा नेपाल र भारतबीच मङ्गलबार बिहान प्रतिस्पर्धा हुने भएको छ । अघिल्लो महिना मात्रै नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक एशिया कपमा भारतसँग खेलेको थियो ।

एकदिवसीय एशिया कपमा श्रीलङ्कामा नेपालले भारतससँग खेलेको थियो । उक्त खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो ।