फाइल तस्वीर
स्पेन — स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको तथा अन्य चार जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्थानले जनाए अनुसार दक्षिणपूर्वी शहर मर्सियाको क्लबमा भएको आगलागीमा ज्यान गुमाएका चार जनाको शव फेला परेको हो ।

उद्धारमा संलग्न आपतकालीन सेवाका एक जना उद्धारकर्ताका अनुसार वारुणयन्त्रका कर्मचारी तथा स्थानीय सङ्घसंस्था आगो निभाउन, खोज तथा उद्धारमा अहिले पनि सक्रिय छन् ।

आपतकालीन सेवाका कर्मचारीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरहरूमा पानीको फोहोराबाट आगो निभाइएको, क्लबबाट धुँवाको मुस्लो निस्किएको देखिएको छ ।