फाइल तस्वीर


सुनसरी — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई पक्राउ गरेको छ । नासु कटुवाल र खरिदार अधिकारी सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिंदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई घुस लिंदैगर्दा रङ्गेहात पक्राउ गरेको आयोगले जनाएको छ । जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग उनीहरुले घुस मागिरहेको भन्ने सूचना पाएपछि गएको टोलीले इनरुवा नगरपालिका वडा नं. ३ मालपोत चोकबाट नासु कटुवाल र खरिदार अधिकारीलाई प्रक्राउ गरेको हो । उनीहरूमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।