फाइल तस्वीर
इस्लामावाद — पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विस्फोटमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य २५ जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ । इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै उक्त विस्फोट भएको जनाउँदै प्रहरीले घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको जनाएको छ ।

बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले उक्त विष्फोट गराएका बताउँदै त्यसको निन्दा गरेका छन् । साथै उनीहरूले मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् ।

पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ । मास्तुङ जिल्लाका सहायक आयुक्तले आतङ्कवादीले उक्त विष्फोट गराएको बताउनुभएको छ ।