काठमाडौँ — जारी साफ यू—१९ फुटबल च्याम्पियनसिप प्रतियोगिताको सेमिफानलमा नेपाल पराजित भएको छ । नेपाल र भारतबीच आज भएको सेमिफाइनलमा टाइब्रेकरमा नेपाल पराजित हुन पुगेको हो ।

नेपाललाई टाइब्रेकरमा हराउँदै भारत साफ यू–१९ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । भारतले अब फाइनलमा पाकिस्तानको सामना गर्ने छ । आजको भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले भुटानलाई हराएर फाइनलको यात्रा पक्का गरेको थियो भने आजै भएको अर्को दोस्रो सेमिफाइनलमा प्रतियोगिताको आयोजक घरेलु टोली नेपाललाई ३–२ ले पराजित गर्दै भारत फाइनलमा पुग्न सफल भएको छ ।

भारतका साहिल खुर्सिदले २५ औँ मिनेट गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै ७३ औँ मिनेटमा नेपालका समीर तामाङले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । टाइब्रेकरमा नेपाल दुई र भारतले तीन गोलमात्र गरेका थिए । भारतको दुई र नेपालको तीनको बल गोलमा परिणत हुन नसक्दा खेलको नतिजा भारतको पक्षमा पुगेको हो ।