फाइल तस्वीर

काठमाडौँ — चीन हाङझाओमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मङ्गोलियालाई पराजित गरेको छ । टी–२० अन्तर्राष्ट्रिय समुह चरणको पहिलो खेलमा नेपालले मङ्गोलियालाई २ सय ७३ रनको कीर्तिमानी जित निकालेको हो ।
कुशल मल्ल र दिपेन्द्रसिंह ऐरिको विश्व कीर्तिमानी प्रर्दशनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले दिएको ३ सय १५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मङ्गोलिया १३.१ ओभरमा ४१ रन बनाउँदा अलआउट भयो । मङ्गोलियालाई कम स्कोरमा रोक्न नेपालका करण केसी, अविनास बोहोरा र सन्दीप लामिछानेले समान २ विकेट लिए भने सोमपाल कामी, कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरिले समान १ विकेट गरे ।
मङ्गोलियामा जमयानसुरेन दावासुरेनले बनाएको १० रन रन नै सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अङ्कको स्कोर छुन सकेनन्। एक ब्याटरले ३ रन थपे। अन्य तिन ब्याटरले १ रन जोडे। बाँकी पाँच ब्याटर शुन्य रनमा पवेलियन फर्के। एक खेलाडी भने २ रनमा नटआउट रहे । त्यसअघि झेझियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रनको कीर्तिमानी योगफल तयार पारेको थियो ।
नेपालले टी आई मा इतिहास कै उच्च योगफल तयार पारेको हो चौथो विकेटका लागि युवा ब्याटर कुशल मल्ल र कप्तान रोहित पौडेलले १ सय ९३ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य दिएको हो। कुनैपनि खेलमा तेस्रो विकेटका लागि नेपाली ब्याटरले गरेको यो अहिलेसम्मकै उच्च साझेदारी हो । एसियाडमा समुह बी मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा आइतबार मालदिभ्ससँग खेल्नेछ ।