फाइल तस्वीर
काठमडौं — आईसीसी यू–१९ विश्वकप क्रिकेटमा अन्तर्गत नेपाल समूह ‘डी’ मा परेको छ । श्रीलङ्कामा हुन लागेको यू—१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो समूहमा रहेका न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार समूह ‘डी’मा रहेको नेपालले पहिलो खेल जनवरी १३ मा न्युजिल्याण्डसँग खेल्ने छ भने । दोश्रो खेल जनवरी १७ मा पाकिस्तानसँग र जनवरी २० मा अफगानिस्तानसँग खेल्नेछ । गत फेब्रुअरी–मार्चमा यूएईमा भएको छनोट प्रतियोगिता जित्दै नेपालले यू—१९ विश्वकप खेल्न छानिएको थियो ।

यस समूहबाट नेपाल शीर्ष तीनमा पर्नसकेसमूह ‘ए’मा रहेका भारत, बङ्गलादेश, अमेरिका र आयरल्याड मध्येका दुई टिमसँग सुपर सिक्सको समूह चरणमा खेल्न पाउने छ ।

यू–१९ विश्वकप क्रिकेटमामा सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । चार टिम सम्मिलित प्रत्येक समूह चरणमा शीर्ष ३ मा पर्ने टिमले अर्को समूहका शीर्ष ३ मा पर्ने २ टिमसँग सुपर सिक्स खेल्ने छ । समूह ‘ए’ का टिमले समूह ‘डी’ सँग समूह ‘बी’का टिमले समूह ‘सी’का टिमसँग सुपर सिक्स खेल्ने छन् ।

दुई समूहका सुपर सिक्सका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । समूह चरणको पुछारमा रहने टोलीले भने वरीयताका लागि अर्को समूहको पुछारकै टोलीसँग खेल्ने छन् ।