विराटनगर — कोशी प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री कार्कीले आज आज गर्नुभएको मन्त्रिपरिषद्को विस्तारमा दुई जना मन्त्री र दुई जनालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री कार्कीले बुद्धिकुमार राजभण्डारी र लिलाबल्लभ अधिकारीलाई मन्त्रीमा र रामप्रसाद महतो तथा निरन राईलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीको नेतृत्वको मन्त्रिपरिषद् नौ सदस्यी भएको छ ।

यसैगरी मुख्यमन्त्री कार्कीले यस अघि खानेपानी, सिञ्चाई तथा उर्जा मन्त्री रहनुभएका तिलकुमार मेन्याङ्बो(लिम्बू)को जिम्मेवारी परिवर्तन गरी स्वास्थ्य मन्त्रालयको जिम्मेवारी परिवर्तन गर्नुभएको छ ।

नव नियुक्त मन्त्री लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने मन्त्री बुद्धिकुमार राजभण्डारी खानेपानी सिंचाई तथा उर्जा मन्त्रालयको जिम्मेवारी तोकिएको छ । राज्यमन्त्रीद्वय रामप्रसाद महतोलाई कृषि र निरन राईलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यद्यपि, मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी आफैंले लिनुभएको छ ।