फाइल तस्वीर

काठमाडौँ — साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रूपैयाँ कायम भएको हो ।

यस्तै, आज तेजाबी सुनको भाउ पनि अघिल्लो दिनकै मूल्य यथावत् रहि प्रतितोला एक लाख ११ हजार छ सय ५० रूपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी आईतबारकै मूल्य प्रतितोला एक हजार चार सय २० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।