फाइल तस्वीर
हेटौँडा — बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बाग्मती प्रदेश सरकारले प्रदेशलाई कृषिमा आत्मनिर्भर योजनाअनुसार ११ वटा पकेट क्षेत्र बनाउने तयारी भइरहेको बताउनुभएको छ । बाग्मती प्रदेश युवा परिषदको आयोजनामा आज यहाँ सुरु भएको प्रदेश युवा स्वयंसेवकहरुको पुनर्ताजगी तालिमका क्रममा पकेट क्षेत्रमार्फत एक लाखलाई उत्पादनसँग जोडिने उहाँले बताउनुभयो ।

उहाँले प्रदेश सरकारले अब समुदायमा आधारित कृषिमा लगानी गर्ने योजनाका साथ काम गरिरहेको जानकारी दिनुभयो । प्रदेश सरकारले बहुबर्षिय योजना बनाएर काठमाडौँ र भक्तपुर बाहेकका ११ वटा जिल्लामा उत्पादनका आधारमा पकेट क्षेत्र घोषणा गरेर लगानी गरिने बताउनुभयो ।

बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले प्रदेश सरकारले युवा स्वयंसेवकका लागि सहयोग गर्ने बताउनुभयो । युवा स्वयंसेवकहरुले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको बताउदै उहाँले प्रदेश सरकारले उहाँहरुको कार्यको मूल्याङ्कन गर्ने भनाइ राख्नुभयो ।