प्रतिकात्मक तस्वीर

काठमाडौँ — साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । लगातार तीन दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आज पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, बिहीबार छापावाल सुन १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको थियो भने तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर तोलाको १ हजार ४ सय २५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।