तेलअविब — इजरायल र प्यालेष्टाइनबीच जारी पछिल्लो द्वन्द्वमा छ जना मारिएका छन् । प्यालेष्टाइनका स्वास्थ्य अधिकारीहरूका अनुसार अधिनस्थ पश्चिमी किनारमा इजरायली सेनाले गरेको कारबाहीमा छ जना प्यालेष्टिनी मारिएका हुन् ।

पछिल्ला दुईपक्षीय झडपका क्रममा मङ्गलबारसम्म चार जनाले ज्यान गुमाएकामा आज थप दुई जना मारिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । जेनिनस्थित शरणार्थी शिविरमा इजरायली सेनाले गरेको कारबाहीमा अन्य ३० जना घाइते भएका छन् ।

बितेका डेढ वर्षदेखि इजरायल र प्यालेष्टाइनबीच दिनहुँ झडप हुँदा गाजापट्टीलगायत स्थानमा हिंसात्मक घटना रोकिएका छैनन् । इजरायलले प्यालेष्टिनी क्षेत्रमा आक्रमण बढाएपछि प्रतिकारमा प्यालेष्टिनीहरूले पनि रकेट प्रहार गर्दै आएका छन् । आज बिहान एक जना प्यालेष्टिनी युवकले सुरक्षाफौजमाथि विष्फोटक पदार्थ प्रहार गरेपछि जवाफी कारबाही गर्दा ती युवकको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।