फाइल तस्वीर
काठमाडौँ — साताको पहिलो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेकोे छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसैगरी चाँदीको भाउ पनि आज तोलाको ५ रुपैयाँले घटेर प्रतितोला एक हजार चार सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।