फाइल तस्वीर

काठमाडौँ — १९ औं एसियन गेम्स (एसियाड) मा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ । चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुने एसियाडका लागि नेपाली महिला फुटबल टिम सोमबार चीन प्रस्थान गरेको हो ।

नेपाली महिला टोलीले पहिलो पटक एसियाडमा सहभागिता जनाउन लागेको हो । एसियाडका लागि नेपाली महिला फुटबल टिम समूह ‘डी’ मा रहेको छ । यस समूहमा विश्वकप खेलिसकेको जापान र भियतनामसँगै बंगलादेश छ ।

एसियाडअन्तर्गतको मिहला फुटबल २१ सेप्टेम्बरदेखि सुरु हुने तालिका रहेको छ । नेपालले आफ्नो पहिलो खेल भियतनामसँग सेप्टेम्बर २२, दोस्रो खेल जापानसँग सेप्टेम्बर २५ तथा अन्तिम खेल बंगलादेशसँग सेप्टेम्बर २८ मा खेल्नेछ । २२ सदस्यीय टोलीको कप्तानमा रेनुका नगरकोटी तथा मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् ।