फाइल तस्वीर
काठमाडौँ — साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँले वृद्धि भएको हो ।

आज छापावाल सुन तोलाको एक लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन शनिबार छापावाल सुन तोलाको एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज तेजाबी सुन तोलाको एक लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँले बढेर एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।