फाइल तस्वीर
मस्को — रूसको केन्द्रीय बैंकका गभर्नर एल्भिरा नाबिउलिनाले सन् २०२३ को उत्तराद्र्धमा रूसको आर्थिक वृद्धिदर सुस्त हुने चेतावनी दिनुभएको छ ।

लगातार उच्च मुद्रास्फीति र कमजोर रूबलको बावजुद रूसी अधिकारीहरूले युक्रेनमा मस्कोद्वारा लादिएको युद्धको आर्थिक प्रभावलाई धेरै हदसम्म बेवास्ता गरेका छन् ।

“हामीले यस वर्षको उत्तराद्र्धमा वृद्धिदर अझ मध्यम हुने अपेक्षा गरेका छौं,” बैंकले दुई महिनामा तेस्रो पटक प्रमुख दर बढाएपछि आयोजित पत्रकार सम्मेलनमा नबिउलिनाले भन्नुभयो । “यो द्रूत सुधार आर्थिक वृद्धिको अवधिपछि स्वाभाविक हो । आर्थिक वृद्धिको दर स्रोतको उपलब्धता, मुख्यतः श्रमद्वारा सीमित बनेको छ,” उहाँले भन्नुभयो ।

बैंकले सन् २०२३ मा १.५ देखि २.५ प्रतिशतको आर्थिक वृद्धिको अनुमान राखेको छ तर सन् २०२४ का लागि यसलाई घटाएर अधिकतम ०.५–१.५ प्रतिशतमा झारेको छ ।

केन्द्रीय बैंकले कमजोर रूबल र मुद्रास्फीतिको कारण देखाउँदै आफ्नो प्रमुख दरलाई एक प्रतिशत बिन्दुले बढाएर १३ प्रतिशत पु¥याएको घोषणा गरेको छ ।