फाइल तस्वीर
काठमाडौँ — हिन्दु नारीहरुको महान पर्व तीज नजिकिंदै गर्दा नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बुधबार पनि छापावाल सुन एक लाख ११ हजार २ सय रुपैयाँमा नै कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।