तस्वीर : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।
गण्डकी — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे संविधानसभा अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनले आफू स्तब्ध भएको बताउनुभएको छ । मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जाल मार्फत संविधानसभा अध्यक्ष नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले दिवङ्गत नेता नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समेवेदना व्यक्त गर्नुभएको छ । इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण काठमाडौँमा निधन भएको थियो ।