सियोल — उत्तर कोरियाली नेता किम जोङ उनको रेल रूसका लागि प्रस्थान गरेको दक्षिण कोरियाली समाचार संस्था योनहापले एक अधिकारीलाई उद्धृत गर्दै नेता किम जोङ उनको रेल रूस प्रस्थान गरेको उल्लेख गरेको हो ।

अन्तर्राष्ट्रिय समाचार माध्यम योनहापका अनुसार किमको रेल ‘छुटेको जस्तो’ देखिन्छ । कोरोना भाइरसको महामारी सुरु भएयता विरलै आफ्नो देश छोड्ने र यात्रा नगरेका किमले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार सम्झौताबारे छलफल गर्ने अनुमान गरिएको छ । अमेरिकी र अन्य अधिकारीहरूले हालै अन्तर्राष्ट्रिय समाचार माध्यम द न्यूयोर्क टाइम्सलाई बताएअनुसार किम पुटिनलाई भेट्न रूसको प्रशान्त महासागरीय तटमा पर्ने भ्लादिभोस्तोक जाने सम्भावना रहेको बुझिएको छ ।

प्योङयाङको ऐतिहासिक सहयोगी रूस दशकौंदेखि प्योङयाङको महत्वपूर्ण समर्थक थियो र उनीहरूको सम्बन्ध ७५ वर्षअघि उत्तर कोरियाको स्थापनादेखि नै रहेको छ । उत्तर कोरियाली नेता किमले युक्रेनमा मस्कोको आक्रमणको समर्थन गर्दै आउनुभएको छ जसमा रकेट र क्षेप्यास्त्र आपूर्ति पनि समावेश छ । गत जुलाईमा पुटिनले ‘युक्रेनविरुद्ध विशेष सैन्य कारबाहीका लागि प्योङयाङको दृढ समर्थन’ को प्रशंसा गर्नुभएको थियो ।