प्रतिकात्मक तस्वीर

काठमाडौँ — साताको पहिलो दिन आज आइतबार सेयर बजार नेप्से १० दशमलव २३ अङ्कले बढेर १९४२ दशमलव ६८ विन्दुमा पुगेर रोकिएको छ । आज नेप्सेमा ० दशमलव ५२ प्रतिशतले वृद्धि भएको हो ।

आज आइतबार २७६ धितोपत्रको ३३ हजार ६४ वटा कारोबारबाट ४३ लाख १४ हजार ४१७ कित्ता सेयर किनबेच भएको छ भने १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँको कारोबार भएको छ ।

आज जलविद्युतबाहेक सबै उपसूचकहरु बढेको छ । सूर्योदय वामी लघुवित्त, सुभम पावर, न्यादी हाइड्रो, मेन्छियाम हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ ।

हिमाल दोलखा हाइड्रोका लगानीकर्ताले सर्वाधिक ७ दशमलव ८१ प्रतिशतले गुमाए । मन्जुश्री फाइनान्स डिभेञ्चर, सिंगटी हाइड्रोसहितका धितोपत्रको मूल्य समेत धेरैले घटेको छ ।