फाइल तस्वीर

काठमाडौँ– साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी आज तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले गिरावट आएको छ । आज चाँदी १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।