फाइल तस्वीर
विराटनगर — कोशी प्रदेश सरकारले बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कोशी प्रदेश प्रमुख परशुराम खापुङले आज आर्थिक अध्यादेश र कोशी प्रदेश विनियोजन अध्यादेश गरी बजेटसम्बन्धी दुईवटा अध्यादेश प्रमाणित गर्नुभएको हो ।

प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याउनुभएको हो । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई भदौ १० गते स्वतः निष्क्रिय भएको थियो । सरकारले प्रदेशलाई बजेट शून्यतामा जान नदिन बजेट सम्बन्धी अध्यादेशहरु जारी गर्ने निर्णय गरेको हो ।