फाइल तस्वीर
मकवानपुर — समाजवादी मोर्चाले भोलि आइतबार बागमती प्रदेश स्तरीय सन्देश सभा गर्ने भएको छ । आज यहाँ पत्रकार सम्मेलनमार्फत समाजवादी मोर्चामा आबद्ध दलहरुले मकवानपुरको हेटौँडामा भोलि हुने सन्देश सभाबारे जानकारी गराउनुभएको हो ।

सातै प्रदेशमा सन्देश सभाको कार्यक्रम तय भएको र सोही अनुसार बागमती प्रदेशको हेटौँडामा सभा हुने नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले जानकारी दिनुभयो । आइतबार नै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गर्नेसमेत तयारी छ ।

आइतबार आयोजना गर्न लागिएको झेलालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले समाजवादी मोर्चाको अवधारणाबारे कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको प्रदेश अध्यक्ष भुसालले बताउनुभयो ।