प्रतिकात्मक तस्वीर
बुटवल – बाँकेमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा अन्य १३ जना सख्त घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसारकोहलपुरको शमशेरगञ्जमा गएराति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको हो ।

मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, करिब ४० वर्षीया जयन्ती थारु, वडा नं ७ का ६५ वर्षीय चानुराम थारु, वडा नं ८ का ४५ वर्षीय जुगबहादुर चन्द र नामथर वतन नखुलेका गाडीस्टाफ ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।


प्रहरीका अनुसार दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगञ्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएको थियो । बस रिजर्भ गरेर दाङको थारु सङ्ग्रहालय भ्रमण गरी फर्किने क्रममा दुर्घटना भएको बताइएको छ ।

सो दुर्घटनामा करिब ३० जना घाइते भएका छन् । घाइतेहरूको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।