प्रतिकात्मक तस्वीर

काठमाडौँ — चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ४२ एम्पुल, बुप्रेनुर्फिन १ सय ४७ एम्पुल, डाइजेपाम १ सय ३७ एम्पुल र नाईट्राभेट १ हजार ५ सय ट्याब्लेटसहित सर्लाही ईश्वरपुर नगरपालिका–१ बस्ने ३० वर्षीय अन्सारूल अन्सारीलाई आज शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र ०३–००१ ख २५०२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।