फाइल तस्वीर

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै गरी आज तेजाबी सुन १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ ।