राज्य र राजनीति भौतिकतासँग सम्बन्धित बहिरङ्ग विषय हुन भने राष्ट्र यिनै विषय सञ्चालन गर्ने थलो, आधार तथा मेरुदण्ड समान महत्वपूर्ण पक्ष हो । अन्तरङ्ग मर्म हो । यो वेगर राज्य तथा राजनीतिको औचित्य छैन र रहँदैन पनि । नागरिक तथा जनता बेगर यी दुवै असम्भव प्रायः हुन्छ । मानव तथा नागरिकसँग दुई चिज छन् । ती हुन् शरीर र आत्मा ।


शरीरसँग सम्बन्धित भौतिक व्यवस्था राज्य तथा राजनीतिले गर्दछ भने आत्मासँग सम्बन्धित भावनात्मक अन्तरङ्ग सोचको प्रतिनिधित्व गर्न सक्षम हुनुको कारण नै राष्ट्र कहलाउँदछ । धर्म संस्कृति, परम्परा, इतिहास, भूगोल र जनता नै राष्ट्र हो । तसर्थ, यी दुवै पक्षको सन्तुलित व्यवस्थापन बेगर समुन्नत, सभ्य, समृद्ध मानव एवम् जीवलोकको परिकल्पना व्यवहारिक बन्न सक्दैन । त्यो एकाङ्कीमात्र हुन्छ । विश्वमा देखा परिरहेको महत्वाकाङ्क्षी र भोगवादी चिन्तन नै यसको ज्वलन्त उदाहरण हो । जसका कारण आजको विश्व असान्त छ । तसर्थ अध्यात्मलाई बुुझौं । चराचर जगत अध्यात्मको द्योतक हो भन्दा अत्युक्ति हुनेछैन ।


आस्थिक नास्थिक आफुलाई जे मानौं आखिर सनातन बैदिक धर्मको महत्वपूर्ण ग्रन्थ गीतामा एक श्लोक छ, जसका कारण विश्वका अध्यात्म क्षेत्रमा ठूलो सङ्कोच पैदा गर्ने गरेको पाइन्छ । ‘स्व धर्मे निधनम श्रेष्ठ परधर्म भयावह’ गीता तेस्रो अध्यायको ३५ औं श्लोकमा भगवान श्रीकृष्णको यस भनाइलाई लिएर विश्वधार्मिक जगत्मा बेलाबखत द्वन्द्व पैदाहुने गरेका घटनाहरु हामी पाउँदछौं । यसको अर्थ वैदिक सनातन धर्मका ठेकेदार हुँ भन्नेहरुले यो अर्थ निकालेका हुन् ।


आफ्ना धर्मजस्तै सनातन वैदिक धर्म, हिन्दु, मुस्लिम, क्रिश्चियन, शिख, जैन, बौद्ध, सिन्तो, ताओ, कन्फ्युसियस धर्म आदि । यी सबैको बीचमा विवाद छ, विवाद रह्यो र यो विवाद् भविष्यमा पनि हुनेछ । यस अर्थमा आफ्नो धर्म पृय हुन्छ । अरुको धर्म भयानक हुन्छ । आफ्नो धर्मका लागि मर्न परेपनि मर । यो अर्थ निकालियो यस श्लोकको । तर वास्तविकता यस्तो होइन ।
सावधान रहनुहोला । यदि कुनै धर्मले मर्ने मार्ने कुरा गर्दछ भने त्यो के को धर्म ? धर्मको अर्थ हो धारण गर्न योग्य विषय । यहाँ आस्तिक नास्तिकसँग लेनादेना छैन । चाहे भवगानलाई मान्ने आस्थिक होस् या नास्तिक होस् । त्यसले गोवरको रोटी खाँदैन, अन्नकै मात्र रोटी खान्छ । तसर्थ, धारण गर्न योग्य अन्नकै रोटी हो । गोवरको होइन ।


यसको आशय यो हो की विश्वको हरेक धर्म एक दिन प्रारम्भ भयो । क्रिश्चियन धर्मको शास्त्र बाइवलको लगभग दुई हजार वर्षको इतिहास छ । स्लाम धर्मको शास्त्र जुन छ पैगम्वर मोहम्द सल्लल्लादु सलहिवा अल्लमले लगभग १४ सय वर्ष अगाडि तयार गरे । बौद्ध दर्शनको २५ सय वर्षको मात्र इतिकास छ । गीता पाँच हजार वर्ष पुरानो श्रीकृष्णले बोले । त्यतिबेला केही थिएन । त यो बोल्ने आवश्यकता किन पर्यो ?


यहाँ गीताको मूल सनातन वैदिक धर्मको पनि मूल वेद । यो नित्य छ, शास्वत छ, अनादी छ । सदार्यो र यसलाई कसैले बनाएन । न मनुस्यले, न सन्त महात्मा ऋषिमुनीले, न स्वयम भगवानले । कहाँबाट आयो ? नि श्वराति तयस्य, वेदाहः भगवानको स्वासबाट प्रकटित दिव्य ज्ञान हो वेद । वैज्ञानिक विगर्दक सिद्धान्त अनुसार पनि एक दिन यो संसार खतम हुनेछ । तर वेद खतम हुँदैन । ‘प्र्रलय कालेपी सुक्ष्मरुपेण परमात्मनी वेदराशीः स्थित’ प्रलयकालमा पनि भगवानकोे हृदय सुरक्षित रहन्छ वेद । जब श्रृष्टि हुन्छ, तब पुन प्रकट हुन्छ वेद । वेद सबको मुल हो ।


‘सर्वो पनिसदो गाओ दोग्धा गोपाल नन्दन’ गीता महात्य । उपनिषद् जुन छ त्यो गाई हो । गीता त्यो गाईको दुध हो, दुहुनु गोठालो श्रीकृष्ण हुन् । गीता मै लेखिदिएको छ । जति पनि छन्, भागवत, रामायण, कुरान, वाइवल, यी सबैको मुल वेद हो । जेठो ज्ञान हो ।

‘वेदो खिलो धर्म मुलम्’ वेद अखिल बह्माण्डको मूल ज्ञान हो । बेदमा एक सुत्र छ । ‘अनन्त नाम रुपाय’ भगवानका अनन्त नाम छन् । अनन्त रुप छन् । अनन्त माने न अन्त्य जसको अन्त्य कहिले नहोस त्यो अनन्त । त्यही भगवान जुन वेदद्वारा निरुपित भगवान छ, त्यही मूल हो । वेद नै भगवान हो । वेद नै मूल हो । वेदो नारायण साक्षत् भागवत ६–१–४ ।


यहाँ झगडा छैन, कुरान, बाइवल जति छन् ति सबै वेदकै अन्तर्गत छन् । जति पनि भगवान देवतागण, खुदा अल्लाह इत्यादि जुनसुकै नामले पुकार्नुस ति हाम्रै भगवानका अंश हुन् । झगडाको के कुरा भयो । वेद यहाँ झगडा छैन । जहाँसम्म गीताको यो भनाइ छ । श्रीकृष्णले भन्न खोज्नुभएको कुरा यो हो की तपाईंहरुको चार वर्ण, चार आश्रम छन् । त्यसलाई चार धर्म भनिन्छ । जस्तै बह्मचर्य धर्म, गृहस्थ धर्म, वानप्रस्त धर्म र सन्यास धर्म । यी चार धर्म अन्तर्गत यदि तिमी बह्मचर्य धर्ममा छौ भने गृहस्थीले जस्तो आचरण नगर । त्यो तिम्रो लागि होइन, अधर्म हुन्छ । यदी गृहस्थी हौ भने बह्मचर्य जस्तो नगर, वानप्रस्ती जस्तो नगर, सन्यासी जस्तो नगर । यो आसय हो । सबको अलग अलग नियम छ, धर्म छ। जस्तो तपाईं निजामतीमा जागिर खान जानुहुन्छ, त्यहाँ आफुभन्दा माथिकालाई हामीले नमस्ते गर्नुपर्छ । सलाम गर्छुभन्न पाइँदैन । सेना प्रहरी जानुहुन्छ, त्यहाँ सलाम गर्नुपर्छ । नमस्ते गर्छुभन्न पाइँदैन । त्यो त्यहाँको धर्म हो । आपसमा झगडा गर, काट मर । यसको लागि होइन ।


जुन सनातन वैदिक वेद छ, यो एक कल्पवृक्ष हो । यसले हामीले जे चाह्यो त्यो दिन सक्दछ तर अरुले हामीलाई एक एक चिजमात्र दिन सक्दछ । केही केहीमात्र दिन सक्दछने । वेद त्यस्तो कल्पवृक्ष हो, जसले हामीले चाहेअनुसार दिन सक्षम छ । यति माथि छ वेद ।


संसारका जति पनि दर्शन छन् ति कुरानमा गएर अन्त्य हुन्छ । कुरानले के भन्छ, जन्तत छ, स्वर्ग छ, एक चिजमात्र भन्छ, जन्तत छ, स्वर्ग छ । जहाँ कुरानको दर्शनको अन्त्य हुन्छ, त्यहाँ बाइवलको दर्शन प्रारम्भ हुन्छ । त्यसले पनि भन्छ एक हेवन छ, स्वर्ग छ । जहाँ बाइवलको दर्शन खत्तम हुन्छ । त्यहाँ गीताको दर्शन प्रारम्भ हुन्छ । गीता जसले स्वर्गभन्दा माथिको कुरा बताउँदछ , मोक्षसम्म जान मिल्छ, जन्मजन्मान्तरको पापबाट मुक्ति गरिदिन्छ । जन्ममृत्युको चक्करबाट छुट्टी–मुक्ति हुन्छ ।


‘अहमंत्वाम् सर्वपापेभ्यो मोक्षश्यामी’ १८—६६ गीता । जहाँ गीताको दर्शन समाप्त हुन्छ, त्यही भागवत प्रारम्भ हुन्छ । भागवत जसले स्वर्ग नरक, मोक्षभन्दा माथिको कुरा बताउँदछ । मनुष्यहो यदि तिमीहरु चाहन्छांै भने त्यो सर्वशक्तिमान भगवानलाई पनि गुलाम बनाउन सक्नेछौ । यही भागवत अनुसार भगवानले स्वीकार गर्दछ, हो म मनुष्यको अधिनमा छु, उसले जे भन्यो त्यही गर्छु । ‘अहम् भक्त पराधिना यस स्वतन्त्र यिमद्विज’ साधुभित्र ग्रस्थ हृदया भक्तै र भक्तजन पृय’ भागवत ९–४–६३ यानेकी परमेश्वर, भगवान, गण, अल्लाह, खुदा जे भन्नुस यसलाई समेत गुलाम बनाउन सक्ने दर्शन भागवतमा छ । कुरान, बाइवल त धेरै तल छोडिदियो । यही भागवत जुन छ यो पनि वेदकै अन्तर्गत छ । एक पाकेको फल मात्र हो । ‘निगम कल्पतरोर गलितम् फलम्’ भागवत । अब सिद्ध हुन्छ कि वेद नै मूल हो सबको ।


वेदसम्वत् ज्ञानद्वारा नै हामीले चाहेको, हामीले के चाहन्छौं यो संसारको हर प्रकार, दुःखबाट निवृत्ति । कुनै दुःख नआओस् । संसारको कोही एक व्यक्ति छैन सुखको बदला दुःख चाहोस् । सब सुख आन्नद नै चाहन्छन् । त्यो सुख प्राप्तिको हेतु वेदको दर्शन अकाट्य छ ।


‘सदा पश्च्यन्ति सुरय तत्विष्णो परममपदयम्’ भावगत पहिलो स्कन्धको पहिलो अध्यायको तेस्रो श्लोक । सनातन वैदिक धर्म वेदको यही विशेषतामुक्त सन्देश छ कि, तिमी नरक चाहे नरक, स्वर्ग चाहे स्वर्ग, मुक्ति चाहे मुक्ति या भगवानलाई चाहे भगवान प्राप्त गर्न सक्छौ । यी सब वेदमा छन् । अरुमा एक/एक चिजमात्र छ ।

‘पुण्येन पुण्यलोकम् नयती पावेन मुुभाव्या मनुस्यलोकम्’ प्रश्नो उपनिषद ३—७ । यही हो वेदको सन्देश । ति मनुष्यको चाहना पुरा गर्ने हैसियत केवल वेदले नै मात्रै राख्दछ भन्ने मात्र सिद्ध हुन्छ । किनकी सब ज्ञानको हजुरबाउ वेद नै हो ।

यहीकुरा पाश्चात्य दार्शनिक वैज्ञानिकहरुले पनि स्वीकार गरेजस्तै अक्सफोर्ड युनिभर्सिटीका चन्सलर लर्डकर्जनले भने वेद नै मुल हो । सब ज्ञानको यो भन्दा पूरानो ज्ञान छैन । चाहे मुस्लिम होस् या क्रिश्चियन । सबैको मूल नै वेद हो । म्याकसमुलर प्रो.विल्सन विन्टर रिच स्वपेन आवर, इमर्सन सबको दर्शन शास्त्रीय इतिहास हेर्न सक्छौं । सबले भने वेद नै मुल ज्ञान हो । यो भन्दा पूरानो ज्ञान संसारमा कुनै छैन ।


यहाँ हेर्नुहोस् आवश्यकता यो छ की सनातन वैदिक धर्मको वेदलाई व्यक्तिहरुले बुझ्न सकेनन् । बुझाउनेले बुझाउन सकेनन् । समस्या यहाँनेर आयो । यदी यसको सम्रक्षणका निम्ति तमाम् तमाम् सङ्गठनहरु छन्, संस्थाहरु छन् । वास्तवमा सबले चाहन्छ कि यसको रक्षा गर्नुपर्दछ । हामीमा त्यागको भावना हुनुपर्यो संरक्षणको भावना हुनुपर्यो । शास्त्र बताउँदछ ‘धर्मो रक्षती रक्षतः’ यदि हामीले धर्मको रक्षा गर्यौंभने फेरी धर्मले रक्षा गर्नेछ । जस्तो पहिला हामीले हातले चिम्टा बनाउँदछौं त त्यो चिम्टाले आगो समात्न मद्दत गर्दछ । यही अनुरुप धर्म रक्षहेतु पनि हाम्रो प्रयत्न हुन जरुरी छ । जसद्वारा समृद्ध शान्त विश्वको परिकल्पना साकार हुनेछ । यद्ययि, एकदिन यो शरीर पनि आफ्नो रहने छैन । आत्मकल्याण कसरी हुन्छ । सबैले गम्भीरतापूर्वक सोच्ने बेला आयो । समयले कसैलाई पर्खदैन । चेतना भया । जय श्री राधे ।