फाइल तस्वीर

काठमाडौँ — कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जनाए अनुसार आगामी असोज ६ र ७ गते सञ्चालन हुने भनी तय भएको परीक्षा असोज ९ र १० गते हुनेगरी पछि सरेको हो ।

बोर्डले आज बुधबार एक सूचना जारी गर्दै कक्षा १२ को ग्रेड वृद्धि परीक्षा सरेको जानकारी गराएको हो । संशोधित समय तालिकाअनुसार कक्षा १२ को ग्रेडवृद्धि परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ ।